परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन्। सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री राणालाई युरोपियन युनियनका राजदूत लोरेञ्जोले बधाइ तथा शुभकामना दिएका थिए।
उनीहरूबीच नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
५