ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा आएकी युवतीको मृत्यु
काठमाडौं : ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउस पुगेकी एक युवती मृत्यु भएको छ। ग्वार्कोस्थित सनलाइट गेस्टहाउसमा आएका युवती बेहोस भएपछि उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ललितपुर प्रहरीका अनुसार सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकका साथमा आएका ती युवती शुक्रबार विहान बेहोस भएकी थिइन्। गेस्ट हाउस सञ्चालकले ती युवतीलाई बीएन्डबी अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।