नाका खुल्ने भएपछि प्रवेश पास लिनेको घुइँचो

नाका खुल्ने भएपछि प्रवेश पास लिनेको घुइँचो
सुन्नुहोस्

मुगु : कोभिड-१९ का चीन सरकारले एकतर्फी बन्द गरेको मुगुको नाक्चेलाग्ना नाका पाँच वर्षपछि खुल्ने भएको छ। नाका खुल्ने भएपछि जिल्ला प्रशासन कार्यालयमा नाका प्रवेश पास लिने स्थानीयको घुइँचो हुन थालेको छ।

पाँच वर्षदेखि बन्द भएको नाक्चेलाग्ना नाका साउन १७ गतेबाट खुल्ने भएपछि तिब्बतको ह्याजीमारामा दुई हप्तासम्म लाग्ने हाटबजारबाट दैनिक उपभोग्य सामग्री किनमेलका लागि जान कार्यालयले जारी गरेको अस्थायी प्रवेश पास बनाउने स्थानीयको घुइँचो बढ्न थालेको हो।

कार्यालयले तिब्बतको ह्याजीमारामा साउनको १७ गतेबाट लाग्ने हाटबजारमा पुग्न अस्थायी प्रवेश पास लागू गरेपछि उक्त पास बनाउनका लागि मुगुम कार्मारोङ गाउँपालिका-२ मुगुम गाउँबाट दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुगेका दार्जे तामाङले नाका खोल्दा सीमा आसपासका स्थानीयलाई राहत हुने महसुस भएको बताए। 

सोही गाउँका स्थानीय च्यावा तामाङका अनुसार आफ्नो गाउँबाट पैदलमा हिँडेर दुई दिनमा तिब्बतको ह्याजीमारामा पुग्न सकिन्छ । त्यहाँ दुई हप्तासम्म हाट बजार लाग्छ। उक्त हाटबजारमा आफूहरूले वर्ष भरी पुग्ने चिनी, घिउ, चियापत्ति, नुन,तेल, चामल, पिठो, छुर्पी, पेय पदार्थ लगायत लत्ता कपडा र इलेक्ट्रोनिक सामग्री ल्याउने यताबाट स्थानीय बालीको खाद्यान्न काठबाट बनेका सामग्री साथै जडीबुटी लिएर बेच्ने गरेको बताए।

पाँच वर्षसम्म नाका नखुल्दा यहाँका स्थानीयहरूले भारत र नेपालका अन्य सहर बजारबाट आयातित दैनिक उपभोग्य सामग्री महंगोमा सदरमुकाम गमगढीबाट खरिद गरी लैजाने गरेका थिए। 

स्थानीयलाई पास बनाउन छिटो छरितो बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाका कर्मचारीलाई समेत खटाइएको छ। सबै पास दुई तिन दिन भित्र वितरण गरी सकिने मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुवास कुमार रावलले जानकारी दिए। 

सोही गाउँपालिका-२ का वडाध्यक्ष च्यावा तामाङका अनुसार पहिलो दिन मात्र आफ्नो वडाबाट २ सय भन्दा बढीले अस्थायी प्रवेश पास लिनका लागि सिफारिस लिएका छन्। अन्य वडाबाट पनि सर्वसाधारणहरू सदरमुकाम गमगढी आउँदै गरेको उनले बताए।

गृह मन्त्रालयले चीनसँग सिमा जोडिएका जिल्लाका नागरिकहरूका लागि चीन आवागमन उपलब्ध गराउने सम्बन्धी कार्यविधि ०८१ तयार पारी अनलाइन पास व्यवस्थापन लागू गरिने जनाइएको छ। नाका खुल्ने समय नजिकै परेकाले यो वर्ष अनलाइन पास व्यवस्था नगरी दुई दिन अगाडिबाट अस्थायी पासको व्यवस्था सर्वसाधारणलाई उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.