पीडित परिवारलाई कम्पनीले सकेको सहयोग गर्छ : सौर्य एयरलाइन्स

पीडित परिवारलाई कम्पनीले सकेको सहयोग गर्छ : सौर्य एयरलाइन्स
सुन्नुहोस्

काठमाडौं : सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। 

‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्‍याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासका रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ। 

कम्पनीको स्थापनाकालदेखि एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने जनाएको छ। कम्पनीले दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.