मुस्ताङमा ६८ वटा सीसीटीभी जडान
जोमसोम : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ६८ वटा सीसीटीभी जडान गरिएको छ। मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्वटाीय आमनागरिकहरूको शान्ति सुरक्षा र अवैध गतिविधि रोकथाम तथा नियन्त्रणका लागि मुस्ताङका विभिन्न स्वटामा उक्त संख्यामा सीसीटीभी जडान भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोम र पुथाङ एअरपोर्टमा गरी १३ वटा सीसीटीभी जडान गरेको छ। गाउँपालिकाले आफ्नै आन्तरिक श्रोतको रकम खर्चिएर सदरमुकामको शान्ति सुरक्षाका लागि सीसीटीभी जडान गरेको हो।
थासाङ गाउँपालिकाले पनि बेनी-जोमसोम सडकमार्ग अन्र्तगत पर्ने मुख्य राजमार्ग सडकको सुरक्षाका लागि म्याग्दी र मुस्ताङको सीमाना स्थित प्रहरी चौकी घाँसा ,र थासाङ-३ स्थित ईलाका प्रहरी कार्यालय लेते र थासाङ-२ स्थित प्रहरी चौकी कोवाङमा गरी २२ वटा सीसीटीभी जडान गरेको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ अवस्थित वारागुङ मुक्तिक्षेत्र-१ को वडा कार्यालयले रानीपौवा,खिङ्गा, झारकोट र लुप्रा गाउँमा १३ वटा सीसीटीभी जडान गरेको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पनि लोमान्थाङ बजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ८ वटा सीसीटीभी जडान गरिसकेको छ। यस्तै, मुस्ताङ कारागारको सुरक्षाका लागि कारागार कार्यालयले ३ वटा सीसीटीभी जडान गरेको छ।
यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय एक्याप जोमसोम अन्तर्गत जोमसोम र घाँसा एक्याप चेक पोष्टमा ४ वटा सीसीटीभी जडान गरेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङले कार्यालयको सुरक्षाका लागि ५ वटा सीसी जडान गरेको छ।