सुदूरपश्चिममा कमल, बहादुर र प्रकाश मुख्यमन्त्रीको दौडमा

सुदूरपश्चिममा कमल, बहादुर र प्रकाश मुख्यमन्त्रीको दौडमा
सुन्नुहोस्

धनगढी : मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको बहिर्गमनको समय नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दौडधुप सुरु भएको छ। पूर्व मुख्ममन्त्री कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा र कञ्चनपुरबाट निर्वाचित सांसद बहादुर सिंह थापा मुख्यमन्त्रीको दौडमा छन्।

 
कांग्रेस-एमालेसहितका दलहरूको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश कांग्रेसको भागमा परेको छ। सुदूरपश्चिममा साउन १८ गतेपछि कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ। मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेको साउन १८ गते ३० दिन पुग्दैछ। 
तर, नेपाली कांग्रेसभित्र अब बन्ने मुख्यमन्त्रीको टुंगो भने लागिसकेको छैन। कमलबहादुर शाह अहिले कांग्रेसको संसदीय दलका नेता छन्। झण्डै १४ महिना सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका शाह फेरि पनि मुख्यमन्त्री हुने दौडमा छन्।
 
'अतित हेर्दा कांग्रेसभित्र कोइराला क्याम्पमा गनिने शाह, नेपाली कांग्रेसको कैलाली जिल्ला अधिवेशनपछि मात्रै देउवातिर ढल्किएका हुन्। उनको सहयोगका कारण देउवा क्याम्पका नारायणदत्त भट्ट कैलालीका जिल्ला सभापति निर्वाचित भएपछि उनी देउवा क्याम्पमा ढल्किएका हुन्। ‘कैलालीको जिल्ला अधिवेशनमा खेलेको भूमिकाले शाहले मुख्यमन्त्रीको अवसर पाए,’ कांग्रेसका एक नेता भन्छन्। 

१४ महिने कार्यकालमा शाह खासै विवादित त बनेनन् तर प्रदेशको विकासको गतिलाई भने उनले तिब्रता दिन नसकेको आरोप लागिरह्यो। कार्यकर्ताहरूले उनलाई प्रदेशका लागि आफू निर्णायक बन्नुभन्दा पनि ‘पावर सेन्टर’को दबाबमा परेको आरोप लगाउँदै आए। 

सुदूरपश्चिम कांग्रेसको भागमा परेपछि शाह फेरि मुख्यमन्त्रीको दौडमा होमिएका छन्। ‘अहिलेसम्म पार्टीभित्र संसदीय दलको नेता परिवर्तन गर्ने कुनै छलफल नै भएको छैन,’ शाहले अन्नपूर्णसँग भने, ‘हामीले पार्टीको निर्देशन मान्ने हो।’ तर, कांग्रेसका केही सांसद उनलाई यसपाली मुख्यमन्त्री बन्न नदिने दौडमा छन्। 

‘कोइरालाले मागे पनि कोशी प्रदेश माग्लान्, सुदूरपश्चिम पार्टी सभापतिको गृह प्रदेश भएकाले पनि विष्टको दाबी खासै पुग्दैन,’ कांग्रेसकै एक नेताले भने। शाह, देउवा र थापामध्ये एक जना मुख्यमन्त्री बन्ने ती नेताको दाबी छ। 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचन जितेका बहादुर सिंह थापा पनि मुख्यमन्त्रीको दौडमा देखिएका छन्।

प्रदेशको निर्वाचनलगत्तै, त्यतिबेला संसदीय दलको नेताका लागि जबरजस्त दाबी गरेका थापा भने पार्टी सभापतिकै निर्देशनअनुसार चुप बसेका थिए। ‘म त्यतिबेला पनि संसदीय दलको नेताको दाबेदार हुँ। पार्टी सभापतिले मलाई बस्न भनेपछि मैले उहाँको निर्देशनको पालना गरेको हुँ,' यसपाली मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ,’ थापाले भने।

थापा एनपी साउद निकट मानिन्छन्। साउदले संघमा मन्त्री नपाएपछि पार्टी सभापति देउवासँग थापालाई मुख्यमन्त्री बनाउन लबिङ गरेको बताइन्छ। ‘पार्टीको ब्यालेन्स मिलाउन पनि मुख्यमन्त्रीमा थापाको दाबी पुग्छ,’ एकजना कांग्रेस नेताले भने। ‘अग्रास पलाएन भने संसदीय दलको नेतामा थापाको बमुमत पुग्छ।’

कांग्रेस निकट स्रोतका अुनुसार शाहले आफू मुख्यमन्त्री नबन्ने देखेपछि उनले पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवालाई अगाडि सार्न सक्छन्। ‘कमलबहादुर शाहले आफू मुख्यमन्त्री नबन्ने देखेपछि, उनले देउवालाई अगाडि सार्न सक्छन्,’ स्रोत भन्छ। देउवा यसअघि भौतिक पूर्वाधार विकास मन्त्री भइसकेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालयभित्र उनको राम्रो ‘परफरमेन्स’ छ। 

देउवा भने यसबारेमा कुनै छलफल नै सुरु नभएको बताउँछन्। ‘अहिले नै मुख्यमन्त्री को बन्ने भन्ने कुराको टुंगो लागिसकेको छैन। पार्टी सभापतिले यसबारे हामीहरूलाई बोलाउनु नै भएको छैन। उहाँले (पार्टी सभापति) बोलाउनुहोला, निर्देशन दिनुहोला। मुख्यमन्त्री बनाउने कुरा पार्टी केन्द्रले नै गर्छ,’ उनी भन्छन्। अहिले बाहिर आएका धेरै कुरा हल्लामात्र भएको उनको भनाइ छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रत्यक्ष निर्वाचित दिवान सिंह विष्ट पनि मुख्यमन्त्रीका लागि लागिपरेका छन्। उनी कोइराला क्याम्पका नेता हुन्। ‘कोइरालाले मागे पनि कोशी प्रदेश माग्लान्, सुदूरपश्चिम पार्टी सभापतिको गृह प्रदेश भएकाले पनि विष्टको दाबी खासै पुग्दैन,’ कांग्रेसकै एक नेताले भने। शाह, देउवा र थापामध्ये एक जना मुख्यमन्त्री बन्ने ती नेताको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.