जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेबाट
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले साउन २७ गतेदेखि ४ दिन ललितपुरको थसी बैंक्वेटमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।
बैठकमा महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू-राजनीतिक अवस्था, नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायत विषय एजेण्डामा राखिएको छ।