सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु

सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित अरनिको राजमार्गमा साउन ११ गते राति सवारी दुर्घटनामा ६५ वर्षीय पैदल एक यात्रीको मृत्यु भएको छ। बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नं.को मिनि टिपरले पैदल यात्रीलाई ठक्कर दिएको थियो। 

मृतकको पहिचान उनका गोजीमा फेला परेको स्वास्थ्य सेवा कार्डबाट भएको हो। कार्डमा उनको नाम लाल ब. तामाङ रहेको उल्लेख छ। दुर्घटनामा घाइते भएका तामाङलाई धुलिखेल अस्पतालमा लगिएको थियो। 

उनको टाउको र खुट्टामा चोट लागेको थियो भने दाहिने कानबाट रगत निस्किरहेको थियो। अवस्था गम्भीर रहेकाले उनलाई उपचारका क्रममा साउन १२ गते राति १२:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 

घटनामा संलग्न मिनि टिपर र त्यसका चालक पदम लामालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। ३१ वर्षीय लामा महाभारत गाउँपालिकाका निवासी हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.