मौद्रिक नीतिपछि सेयर बजारमा सर्किट ब्रेक , २० मिनेटका लागि कारोबार बन्द
काठमाडौं : मौद्रिक नीति सार्वजनिक पछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ।
बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको छ।
२०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । १०२.६८ अंकले बढेर परिसूचक २६७०.८२ बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याएको हो। राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज गरिदिएको छ। यसबाट सेयर लगानीकर्ताहरू भने उत्साहित भएका छन्।
प्रतिक्रिया दिनुहोस !
५