सेयर बजारमा उछाल, लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं : सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। आइतबार कारोबार सुरु भएको १ मिनेट ३० सेकेण्डमा नै पहिलो सर्किट ब्रेक लागेर सेयर बजार २० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको छ।
मौद्रिक नीति सार्वजनिक पछि सेयर बजारमा पहिलो पटक सकारात्मक सर्किट लागेको हो। यसअघि बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो।
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याएको हो। राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज गरिदिएको छ। यसबाट सेयर लगानीकर्ताहरू भने उत्साहित भएका छन्।