सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न गठित समितिले काम थालिसक्यो : मन्त्री पाण्डे

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न गठित समितिले काम थालिसक्यो : मन्त्री पाण्डे

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना बिमा २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन विधेयक बनाउने काम अघि बढिसकेको बताए।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न गठित समितिले काम थालेको जानकारी दिएका छन्। आइतबार संसद बैठकमा  सांसदहरूले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रश्न उठाएपछि मन्त्री पाण्डेले संसदमा जानकारी गराएका हुन्। 

सांसदहरुले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका थिए। उनीहरुले हवाई दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप समेत लगाएका छन्। जवाफमा मन्त्री पाण्डेले जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्यवन गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पाण्डेले जहाज दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए।  

उनले सौर्य एयरलाइन्ससँग पनि मन्त्रालयमा छलफल भएको र मृतकको परिवारलाई रोजगारी दिने विषयमा पनि छलफल भएको जानकारी गराए। उनले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता सम्बन्धीत एयरलाइन्सले जनाएको उल्लेख गरे।

उनले यमनका नागरिकको शव बुझाउन बाँकी रहेको र अरु नेपालीको शव आफन्तले बुझिसकेको जानकारी दिए।  उनले पीडितले पाउनुपर्ने सेवा सुविधाका लागि बिमा दाबीका लागि प्रक्रिया अगाडि बढिसकेको बताए। दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगाएतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनको भनाई छ। 

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना बिमा २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन विधेयक बनाउने काम अघि बढिसकेको बताए।

बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो। मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन बिमानस्थलमा दुर्घटना भएपछि विभिन्न कोणबाट टिकाटिप्पणीहरू भइरहेका छन् भने सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग समेत गठन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.