टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमिमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मध्यपुर थिमि नगरपालिका-४ स्थित नयाँ ठिमी सडक खण्डमा काठमाडौंबाट भक्तपुर तर्फ आइरहेको बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले सोही दिशातर्फ सवार गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २१ वर्षीय सुवास तामाङको मृत्यु भएको हो।

प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले आज बिहान १:२० बजे दुर्घटना भएको र चालकलाई घाइते भई तत्कालै उपचारका लागि नयाँ ठिमीस्थित मध्यपुर हस्पिटलमा लाने क्रममा मृत्यु भएको बताए। उनले चलाएको मोटरसाइकलको पछाडि  सवार बेथानचोक गाउँपालिका-६ घर भई कमलबिनायक बस्दै आएका २० वर्षीय सन्जीव थापा मगरलाई भने गम्भीर घाइते भएपछि उपचारको लागि मध्यपुर हस्पिटलमा लगिएको छ। 

प्रहरी निरीक्षक पौडेलका अनुसार टिपर चालक काभ्रे जिल्लाको मण्डन्देउपुर नगरपालिका-६ घर भएका २१ वर्षीय राज कुमार राई र टिपरलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको छ। 

मृतक तामाङ भने सोही जिल्ला मण्डन्देउपुर नगरपालिका-१ भई भक्तपुरको कमलबिनायकमा बस्दै आएका थिए। प्रहरी परिसर भक्तपुरका अनुसार शव पोस्टमार्टमका लागि केएमसी मेडिकल शिक्षण अस्पताल लगिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.