आरजु देउवा मन्त्री बनेपछि रिक्त कृषि समितिको सभापति पदको निर्वाचन मंगलबार हुने
काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति मंगलबार चयन हुने भएको छ। नेपाली कांग्रेसकी सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेपछि कृषि समितिमा सभापतिको पद रिक्त छ ।
रिक्त रहेको सभापति पदको निर्वाचन आगामी साउन १५ हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित भएको सचिव सुरेश अधिकारीले जानकारी दिए। सो पदमा नेपाली कांग्रेसले उम्मेदवार पठाउनेछ। सोमबार ४ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता हुने र मंगलबार ४:३० बजेबाट निर्णयार्थ प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
यस अगाडि दलहरुबीचको सहमतिका आधारमा विषयगत समितिका सभापति चयन भएको हो।
आइतबार बसेको सदनको बैठकमा उपसभामुख इन्दिरा रानाले साउन १५ गते सो पदमा चुनाव चुने र त्यसका लागि आजै कार्यसूची प्रकाशित हुने जानकारी दिएकी थिइन्।