सिमलताल पहिरो : हराइरहेको बस खोज्न आएका भारतीय टोली फर्किए

सिमलताल पहिरो : हराइरहेको बस खोज्न आएका भारतीय टोली फर्किए
सुन्नुहोस्

काठमाडौं : नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन्। 

बस र यात्रुको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए। सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटनास्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाट सम्म खोजी गरेका थिए। 

भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले खोजीका क्रममा २ वटा पोइन्टमा भारतीय टोलीले शंका गरेको र अब सो स्थानहरूमा नेपालका सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिने बताए। 

उनले हालसम्म २४ शव फेला परेकोमा १९ को मात्र सनाखत भएको छ। अझै ५ वटा शवको सनाखत हुन नसकेको उनले जानकारी दिए। अझै ४३ जना यात्रु हराइरहेको उनले बताए। काठमाडौंबाट गौर र वीरगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा हराएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.