कांग्रेसका क्षेत्रीय सभापति र एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश

राजनीतिक ध्रुवीकरण आवश्यक छ : महासचिव पोखरेल

कांग्रेसका क्षेत्रीय सभापति र एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश
सुन्नुहोस्

महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे ।

काठमाडौं : नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गरेका हुन्।

 
कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताए। 

उनले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्‍याउनुपर्ने बताए।

महासचिव पोखरेलले ६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? प्रश्न गर्दै राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए । उनले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे ।  

महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिए। 

पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विना शर्त एमालेमा प्रवेश गरेको बताए । उनले पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले सात वर्ष अघिसम्म नेकपा (एमाले)मै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताए । 

नेकपा (एमाले) उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशन यता उदयपुरमा विभिन्न दलका २७२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी गराए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.