पहिरोले नहर पुरिँदा रोपाइँ प्रभावित

पहिरोले नहर पुरिँदा रोपाइँ प्रभावित
सुन्नुहोस्

स्याङ्जा : ज्याग्दी दार्सिङ-चापाकोट टार सिँचाइ (नहर) सञ्चालन नुहुँदा चापाकोटका किसान मार्कामा परेका छन्। वर्षभरि खाने अन्न रोपिसक्ने समयमा पनि धान रोपाइँ गर्न नपाएपछि चापाकोटका किसान मार्कामा परेका हुन्। 

नहरमा पहिरो खस्दा पानी सञ्चालनमा कठिनाइ भएको छ। असारको अन्तिम साता नहरमा पहिरो झर्दा नहरबाट पानी सञ्चालन हुन सकेको छैन। नहरमा साना ठूलागरी दर्जन भन्दा धेरै स्थानमा पहिरो झरेको छ। असार २२ शनिबारका दिन परेको पानीले २७ किमी अन्तर्गतको डांग्रेपानीमा पहिरोसँगै निकै ठूलो ढुंगा खसेको छ। जसका कारण नहरबाट पानी बग्न पाएको छैन। 

साउनको दोस्रो साता सकिँदा पनि यहाँका किसानले धान रोप्न पाएका छैनन्। आधाभन्दा धेरै जमिनमा रोपाइँ गर्न बाँकी रहेको चापाकोट नगर प्रमुख देवबहादुर खाँण ईश्वरले बताए। नहर सञ्चालनका प्रयास जारी रहेको बताए। झण्डै दुई सातादेखि दैनिक ३५ जना कामदारले नहर सफा गरेका छन्। नेपाली सेना लगायतले स्थलगत निरीक्षण गरेर फर्केका छन्। नहरको ढुंगा पन्छाउने विविध उपायका बारेमा छलफल जारी रहेको प्रमुखले जनाए। 

ज्याग्दी दार्सिङ-चापाकोट टार सिँचाइ (नहर) २७ किलोमिटर आयोजनाबाट पानी सञ्चालन भएको ३३ वर्ष पूरा भएको छ। बर्सेनि टालटुल र मर्मत गर्दै पानी सञ्चालनमा ल्याइएको नहर यसवर्ष त झनै ठूलो समस्यामा परेको छ। झण्डै हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ गर्दै आएको नहर अहिले अवरुद्ध छ। जसका कारण धान रोपाइँ समयमै हुन पाएको छैन।

समयमै रोप्न नपाएपछि उत्पादनमा समेत कमी हुनेमा किसानको चिन्ता छ। २०२६ सालमा निर्माण कार्य सुरु भएको नहर २०४८ सालमा सम्पन्न भई पानी सञ्चालनमा ल्याइएको हो। नहरको शिलान्यास भने २०२२ सालमा भएको वडा नम्बर ८ का अध्यक्ष टोपालाल न्यौपाने (राजु)ले बताए। लम्बाइ २७ किलोमिटर रहेको नहर एक मिटर ८० सेमीको चौडाइ सहित २ मिटर उचाइको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.