किन जोडिन्छ शिवलाई साउनको सोमबारसँग ?

किन जोडिन्छ शिवलाई साउनको सोमबारसँग ?
सुन्नुहोस्

जबजब श्रावण मासका प्रसंग आउँछन्, तबतब शिव भगवान् र सोमबारको चर्चा हुन थाल्छ। किनभने श्रावण मासको सोमबार भगवान् शिवको प्रिय र आफ्नो बार हो। त्यसैले श्रावणलाई शिव महिना पनि भनिन्छ। त्यही श्रावण मासको विशेष बार सोमबार भगवान् शिव आफ्नो दिव्यस्वरूपसहित विभिन्न शिवालयमा विराजमान हुनुहुन्छ। भगवान् शिव देवताको पनि देवता हुनुहुन्छ। देवको पनि देव भएकै कारण उहाँलाई महादेव मानिन्छ। त्यसैले श्रावण महिनाभर महादेवकै पूजन हुन्छ।

शिवको पूजाअर्चना गर्दा विशेष कृपा र आशीर्वाद प्राप्त हुने जनविश्वास परापूर्वकालदेखि रहिआएको पाइन्छ। त्यसैले श्रावणमा व्रत बसी शिवको दर्शन, पूजाआजा, जल अभिषेक र रुद्राभिषेक गर्दा शिव प्रसन्न भएर अन्नतः गुना बढी फल प्रदान गर्नुहुन्छ भन्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ। श्रावण मासको सोमबार विधिपूर्वक व्रत, उपवास बस्दा धन नहुनेले धन प्राप्त गर्ने, सन्तान नहुनेले सन्तान प्राप्त गर्ने, रोगीहरूको रोग हटेर जाने, मनका कुविचारहरू स्वतः सद्भावमा परिवर्तन हुने र मनोकांक्षा पूर्ण हुने शास्त्रीय मान्यता रहिआएको पाइन्छ।

श्रावणको सोमबार विशेष महŒवको दिन हुने भएकाले यो दिन व्रत, उपवास बस्नु निकै नै उपयुक्त हुने गर्छ। श्रावणको सोमबारको व्रत बस्दा यो लोक र परन्तु परलोकका लागि मोक्ष÷वृद्धि हुनेछ भनी शास्त्रहरूमा बताइएको छ। भगवान् शिवलाई श्रावण मासको सोमबारको दिन शुद्ध जलले अभिषेक गर्दा उहाँ निकै नै प्रसन्न हुनु हुनेछ। अझ श्रावण मासको सोमबार रुद्री पूजा गरेमा अखण्ड फल प्राप्त हुनेछ।

त्यसैले श्रावण र श्रावणको सोमबार विशेष भगवान् शिवको दिन मानिन्छ। भगवान् शिवले दायाँतर्पmका हातमा उज्ज्वलशूल, बन्चरो, बज्र, खड्ग र अग्निलाई लिनु भएको छ भने बायाँतर्फको हातमा उज्ज्वल पिनाक, नारचघण्ट, पाश र अंकुशलाई लिनु भएको छ।

कण्ठदेखि माथि निधारसम्मको भाग शान्त कलाले व्याप्त हुनुहुन्छ भनी शिव महापुराणमा वर्णन गरिएको छ। ईशान शिवको मूर्तिको मुकुट हो। पुरुष अर्थात् तत्पुरुष उहाँको पुरातन मुख हो। अघोर हृदयी हो। वामदेव गुह्य हो। अनि सद्योजात चाहिँ उहाँको चरण हो। यसरी उहाँको मूर्ति पञ्च वृम्हमय बनेकोे छ। ब्रह्मा, विष्णु र रुद्रमा जीवन्त छ। त्यसैले उहाँलाई परमब्रह्मा परमेश्वर भनिएको हो। जीवको कल्याणका लागि उहाँले विभिन्न रूप धारण गरेर विभिन्न लीला गर्नुहुन्छ भनी कैलाशसंहिताअन्तर्गत शिव ध्यान पूजनको सातौं अध्यायमा बताइएको छ।

सांसारिक मोहजालमा फसेका समस्त जीवजगत्को अज्ञानतालाई नष्ट गरेर उद्घार गर्न भगवान् शिव श्रावण मासको विशेषगरी सोमबारको दिन विभिन्न शिवालयहरूमा विराट स्वरूपसहित विराजमान हुनुहुन्छ। श्री शिव महापुराणमा वर्णन गरिएको छ। श्री शिव महापुराणमा सातौं वायवीय संहिताअन्तर्गत पूर्वखण्डमा तपस्या वर्णनक्रममा ॐ नमः शिवायको बारेमा बताइएको छ कि वरदायी देवाधीदेव साक्षात् भगवान् शंकरको वाचक मन्त्र ॐ नमः शिवायको बारेमा बताइएको छ। ॐ कारसहितका सात करोड अरू सबै मन्त्र त्यही पञ्चहारी मन्त्रभन्दा यो ॐ नमः शिवाय मन्त्र निकै शक्तिशाली छ। सबैको रक्षा गर्न यो मन्त्र समर्थ छ।

त्यसकारण अन्य मन्त्रका पछाडि नलागेर शिव पञ्चाक्षर मन्त्रको जपमा तत्पर होऊ भनी उल्लेख गरिएको छ। भनिन्छ यो मन्त्र स्मरण गर्दा मात्र पनि भगवान् भोलेनाथ खुसी भएर आशीर्वाद प्रदान गर्नुहुन्छ। अब भगवान् शिवको पाँच मुखको बारेमा पनि बुझौं। उत्तर मुखले ॐ कार, पश्चिम मुखले ॐ कार, दक्षिण मुखले म कार, पूर्व मुखले ॐ कार र बीचको मुखले नादको संकेत दिन्छन्, जसलाई स्वर भनिन्छ।

शिवको स्वरूप नै ॐ कार हो। अ, उ, म र बिन्दु तथा नाद स्वरबाट नै यो संसार जगत् सञ्चालित छ। शिवत्व प्राप्त गर्नका लागि ॐ स्मरण गर्नु पर्दछ। शिवत्व प्राप्त भएपछि मानिसमा लोभ, मोह, क्रोध, रिस र वैमनस्यता स्वतः हटेर जानेछ।null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.