साउनको दोस्रो सोमबार : पशुपतिनाथमा शिवभक्तको घुइँचो

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा शिवभक्तको घुइँचो
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : साउन महिनाको दोस्रो सोमबार काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । 

null

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा ब्रत बसेर महिला र पुरुषले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

null

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपतिमा देखिएको थियो । यस महिनामा बोलबम यात्रा गरिन्छ । बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याइ पशुपतिमा चढाउने गरिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.