प्रतिनिधिसभा बैठकमा दुईवटा मन्त्रालयका मन्त्रीहरूले सांसदले सोधेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठकमा दुईवटा मन्त्रालयका मन्त्रीहरूले सांसदले सोधेका प्रश्नको जवाफ दिने
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। सोबार  दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दुईवटा मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

कार्यसूची अनुसार स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।  सभामुख  देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नेछन्। 

यसैगरी  सभामुख घिमिरेले  राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ।

बैठकमा डा.तोसिमा कार्कीले "विपद् व्यवस्थापनमा पुनरावलोकन,बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्घट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले' भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

उक्त प्रस्तावका समर्थक सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ,असिम साह, गणेश पराजुली,डा. चन्दा कार्की (भण्डारी), विन्दवासिनी कांसकार र निशा डागीले समर्थन गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.