काठमाडौं विश्वविद्यालय र सिम्रिक भेन्चरले सुरू गर्‍यो उड्डयन व्यवस्थापनमा स्नातक तह

काठमाडौं विश्वविद्यालय र सिम्रिक भेन्चरले सुरू गर्‍यो उड्डयन व्यवस्थापनमा स्नातक तह
तस्बिर : रोजन तामाङ
सुन्नुहोस्

बनेपा : नेपालमा पहिलोपटक उड्डयन व्यवस्थापन स्नातक तहको पढाइ हुने भएको छ। बनेपास्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टअन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको संयुक्त कार्यक्रममा उड्डयन व्यवस्थापन स्नातक तहको पढाइ हुने भएको हो। काठमाडौं विश्वविद्यालयको तालिका अनुसार पढाई सञ्चालन हुने र यसै सत्रदेखि भर्ना अभियान सुरु हुने भएको छ।

सिम्रिक भेन्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले उड्डयनसम्बन्धी अध्ययनका लागि मुलुक बाहिर धाइराख्नुपर्ने बाध्यता यो वर्षबाट अन्त्य हुने बताए। आइतबार  बनेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमै उड्डयनसम्बन्धी अध्ययन गर्न सकिने बताए। 

'गुणस्तरीय शिक्षाका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टअन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा नेपालमै पहिलो पटक उड्डयन व्यवस्थापनमा स्नातक तह सुरु गर्न पाउनु सौभाग्यको कुरा हो,' क्याप्टेन थापाले भने।

null

उड्डयन व्यवस्थापनको प्रस्तावित स्नातक चार वर्षको हुनेछ। जसले विद्यार्थीहरूलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्दछ। कार्यक्रममा उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम रहनेछन्। 

क्याप्टेन थापाले विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न पाठ्यक्रम डिजाइन गरिएको बताए। उनले यस कार्यक्रमले विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्ने बताए। 'विद्यार्थीहरूले उड्डयन प्रविधि, उपकरण र प्रणालीसहित उड्डयनका विभिन्न पक्षबारे सिक्नेछन्,' क्याप्टेन थापाले भने। 

null

उनले यस कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउने र देशलाई दक्षिण एसियामा उड्डयन शिक्षाको हबको रूपमा स्थान दिने बताए। 'कार्यक्रममार्फत हामी नवप्रवर्तनशील चुनौतीलाई सम्बोधन गर्न माहिर र विश्वव्यापी रूपमा उड्डयन उद्योग अगाडि बढाउन प्रतिबद्ध विद्यार्थीहरूलाई शिक्षा दिन चाहना राखेका छौं,' क्याप्टेन थापाले भने। 

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विश्वविद्यालयको विस्तारित कार्यक्रमअन्तर्गत उड्डयन व्यवस्थापन स्नातक तह अब सुरु हुने बताए। प्राविधिक धारबाट सुरु भएको विश्व विद्यालयले युवाहरूको चाहनाअनुसारको उच्च शिक्षा दिने कार्यमा जोड दिएको उनको भनाइ छ।

विद्यार्थीहरूले जटिल परिस्थितिहरु कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारीरूपमा कुराकानी गर्ने तरिका सिक्ने उनले बताए। उड्डयन व्यवस्थापनको स्नातक पाठ्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई उड्डयनसम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा व्यवस्थापन र सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र प्रशिक्षण प्रदान गर्नु रहेको उनको भनाइ छ। 

null

जसका मुख्य उद्देश्यहरू नेपाली उड्डयन उद्योगको इतिहास, संरचना, प्रविधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूसहितको विस्तृत बुझाइको विकास गर्नु, विद्यार्थीहरूलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरू व्यवस्थापन गर्न आवश्यक व्यवस्थापन कौशल र ज्ञानको साथ सुसज्जित गर्नु, विद्यार्थीहरूलाई वास्तविक विश्व चुनौतीहरूको लागि तयार गर्न उड्डयन व्यवस्थापनमा व्यावहारिक प्रशिक्षण प्रदान गर्नु, उड्डयन गतिविधिहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न विद्यार्थीहरूमा आलोचनात्मक सोच, समस्या समाधान र सीपहरू बढाउनु, उड्डयन उद्योगमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई यसको विकास र विकासमा योगदान दिन प्रवर्द्धन गर्नु, नैतिक रूपमा जिम्मेवार, सामाजिक रूपमा सचेत र समाजमा सकारात्मक योगदान गर्ने स्नातकहरू उत्पादन गर्नु, यात्रालाई आरामदायी तथा सुरक्षित बनाउनु रहेको छ।

null

त्यस्तै विभाग प्रमुख राजन थापाले उड्डयन व्यवस्थापन स्नातकको माध्यमबाट इच्छुक विद्यार्थीलाई सशक्त बनाई विश्व उड्डयन उद्योग र यसको दिगो विकासका लागि आवश्यक ज्ञान, सीप र नैतिक आधारले सुसज्जित बनाउनु यस क्याम्पसको प्रमुख उद्देश्य रहेको बताए। 

'हाम्रो दृष्टि उड्डयन व्यवस्थापन शिक्षामा एक अग्रणी संस्था बन्ने हो। शिक्षण, अनुसन्धान र उद्योग सहयोगमा उत्कृष्टता हासिल गर्ने हामी शैक्षिक तयारी र आवश्यकताहरू बीचको खाडललाई कम गर्ने लक्ष्य राखेका छौं,' उनले भने। नेपाल पर्यटन बोर्डको बोर्डका सदस्य प्रदीपराज पाण्डे, हिमालयन एयरलायन्सका विजय श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्ले, डीन विजय केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.