सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत् प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट
काठमाडौं : सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाण्डौं बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित दूसीत् प्रिन्सेस् काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
यस समन्वयका बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा फोन र इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।