कोशीमा एमालेको भागमा मुख्यमन्त्रीसहित ५ र कांग्रेसलाई ४ मन्त्रालय

कोशीमा एमालेको भागमा मुख्यमन्त्रीसहित ५ र कांग्रेसलाई ४ मन्त्रालय
मुख्यमन्त्री हिक्मत कार्की। फाइल तस्बिर

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने बताएका छन्। 

राष्ट्रिय राजनीतिमा भएको समीकरण अनुसार प्रदेशमा संयुक्त सरकार निर्माण हुने उनको भनाइ छ। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै कार्कीले शक्ति संख्याका आधारमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय पाउने सहमति भइसकेको बताए। कार्की एमाले प्रदेश संसदीय दलका नेतासमेत हुन्। 

उनी नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने भएको छ। तर, मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। कांग्रेसले मन्त्री टुंगो लगाउन नसक्दा नयाँ सरकार निर्माण गर्न केही समय लाग्ने देखिन्छ। मुख्यमन्त्री कार्कीले अहिलेको सन्दर्भमा मन्त्रालयको संख्या नबढाउने स्पष्ट पारेका छन्। ‘प्रदेशका सन्दर्भमा मन्त्रालयको संख्या अहिले बढाउँदैनौं,’ उनले भने, ‘९ वटा मन्त्रालयमा हामीले बाँडफाँट गर्दा खेरी शक्ति संख्यामा आधारमा ४ र ५ हुन्छ।’ उनले कांग्रेसले मन्त्री बन्नेको नाम दिएमा २/४ दिनभित्रमा मन्त्रिमण्डल विस्तार गरिने बताए। 

राष्ट्रिय राजनीतिमा बनेको समीकरणमा जाने भन्ने कुरामा एमाले र कांग्रेसबीच सहमति भएको कार्कीको भनाइ छ। ‘कसरी सहकार्य गर्नेभन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरू माथिबाट जे टुंगिन्छ, त्यसमा जान्छौं हामी। नेतृत्वको आलोपालो राजनीतिक कुरा हो। नेतृत्वले नै केन्द्र र प्रदेशमा पनि टुंग्याउँछ,’ उनले भने।
 
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भएर कार्यान्वयनमा गइसकेको अवस्थामा बजेट पुनरावलोकन नहुने बताए। ‘बजेट पास भएर कार्यान्वयनमा गइसकेको छ। आवधिक समयमा नमिलेको बजेटलाई कानुनबमोजिम सच्याउन सकिन्छ। तर, पुनरावलोकन हुँदैन,’ उनले भने। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.