भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ

भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ
प्रहरीले नियन्त्रणमा लिएको तोरी र लोड गरिएको मिनी ट्रयाक्टर ।
सुन्नुहोस्

गुलरिया : प्रहरीले भारतबाट अवैधरुपमा भन्सार  छली ल्याएको तोरीसहित  एकजनालाई पक्राउ गरेको छ।  बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित कोठिया गाउँबाट भे १ त १३७८ नम्बरको ट्रयाक्टरमा भन्सार छली भारतबाट तोरी ल्याएको आरोपमा गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शिवराज यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो ।

अन्दाजी ५ लाख ८० हजार बजार मुल्य बराबरको १ हजार ८ सय किलोग्राम अवैध तोरीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । यादव,ट्रयाक्टर  र बरामद तोरी राजापुर भन्सार कार्यालय बर्दियामा बुझाइएको उनले बताए । 

पछिल्लो समय सीमाबाट हुने चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.