स्याङ्जामा प्रथम जीपीएल प्रतियोगिता
स्याङ्जा : गल्याङमा प्रथम प्रिमियर लिग (जीपीएल) प्रतियोगिता हुने भएको छ। क्रिकेट खेलाडीको क्षमता र दक्षता अभिवृद्धि गर्ने र गल्याङ्लाई देशभर चिनाउनका लागि प्रतियोगिता गर्न लागिएको हो।
गल्याङ क्रिकेट संघको आयोजनामा भदौ १ देखि ‘पहिलो संस्करणको जीपीएल’ प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। प्रतियोगिताका लागि अहिलेसम्म ८ टिमले सहभागिता जनाएको खेल संयोजक एवं गल्याङ क्रिकेट संघका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए। लिग चरणका २८ वटा र नकआउटका ४ गरी ३२ खेल खेलाइने उनले बताए।
संघले वर्षाका कारण खेल प्रभावित हुन नदिनका लागि ३ वटा खेल मैदान छनोट गरेको छ। प्रतियोगितामा विजेताले एक लाख नगद र उपविजेताले ५० हजार नगद सहितको अन्य पुरस्कार प्रदान गरिने संघका अध्यक्ष ठगेन्द्र थापाले जानकारी दिए