दूध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण

दूध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले किसानको भुक्तानीको लागि सरकारको ध्यानाकर्षण  गराएका हुन्।

उनले साउन १५ मा खीर खाइरँदा किसानले भने सात महिनादेखि दूधको रकम नपाएको गुनासो गरे।  ' आज साउन १५। देशभरै खीर खाएर साउन १५ मनाइरहेका छौं। किसानहरूले बडो दु:ख गरेर उत्पादन गरेको दूधको पैसा सात महिनादेखि बक्यौता छ,'उनले भने,' उता दुग्ध विकास संस्था विघटनको संघारमा छ। विषयको गाम्भीरतालाई ख्याल गरेर सभामुखमार्फत् रुलिङ होस् भन्न चाहन्छु।'

दूधको बक्यौता नपाएपछि किसानहरूले पटक पटक आन्दोलन गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.