जनताको कुरा सुन्न माओवादी अध्यक्ष दाहाल देशव्यापी भ्रमणमा जाने

जनताको कुरा सुन्न माओवादी अध्यक्ष दाहाल देशव्यापी भ्रमणमा जाने
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशव्यापी भ्रमणमा जाने भएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको पदाधिकारी बैठकमा उनले जनताको कुरा सुन्न देशव्यापी भ्रमणमा जाने निष्कर्ष निकालेका हुन्।

'माओवादीको कहीँ न कहीँ जनतासँगको कडी टुटेको थियो। यो जनतामा जाने ठूलो अवसर पनि हो। एकपटक म देशव्यापी भ्रमणमा जान्छु। जनताको कुरा सुन्छु। अनि त्यसको संश्लेषण गर्छु,' अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने।

अध्यक्ष दाहालले केन्द्रीय कमिटी बैठकपछि मात्रै  भ्रमणमा जाने उनले बताए। प्रवक्ता सापकोटाका अनुसार माओवादीको स्थायी कमिटी बैठक साउन २६ गतेदेखि हुँदैछ। त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ। बैठकपछि अध्यक्ष दाहाल देश भ्रमणमा जाने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.