कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न कांग्रेसको माग

कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको भन्दै चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङसँग स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्। चितवनको सिमताल बस दुर्घटनामा अमर्यादित टिप्पणी गरेको भन्दै सांसद खतिवडाले चिनियाँ राजदूत सोङसँग स्पष्टीकरण लिन सरकारलाई आग्रह गरेका हुन्।

मंगलबार संसद बैठकमा बोल्दै संसद खतिवडाले राजदूत सोङलाई लक्षित गर्दै कूटनीतिक मर्यादाविपरीत टिप्पणी गरेको आरोप लगाए। 'सिमताल दुर्घटनामा ठूलो जनधनको क्षति भएको छ। आजसम्म ४० जनाभन्दा बढी यात्रु गुमाएका छौं। तर, यो समयमा छिमेकी मुलुकका एक जना महामहिम राजदूतले गम्भीर कूटनीतिक मर्यादा विपरीत, कूटनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ। चुम्बक हराउँदा बस होइन चुम्बक खोज भन्ने गरिएको छ,' सांसद खतिवडाले भने।

नेपाललाई आपत परेको बेला सहयोग गर्नुको सट्टा राजदूत सोङले नेपाललाई हँसीमजाकमा उडाएको उनको आरोप छ। 'कमसेकम नेपालालई आपत पर्दा सहयोग गरौं। मानवीय संवेदनाको बारेमा बोलौं। अप्ठ्यारो परेका बेला हसीँ मजाकमा नउडाऔं। परााष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् भनेर अनुरोध गर्न चाहन्छु,' उनले भने।

त्रिशूली नदीमा हराइरहेको बस खोज्न प्रयोग गरिएको चुम्बक हराएपछि राजदूत सोङले गत आइतबार सामाजिक सञ्जाल एक्समा सेयर गरेर त्यसलाई खोज्न भनेका थिए। बससहित यात्रुहरू बेपत्ता भइरहेका बेला राजदूत सोङले उक्त स्टाटस हालेपछि उनको विरोध भएको थियो। धेरैले उनको स्टाटसको आलोचना गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.