सामसङ नेपालले ल्यायो नि:शुल्क पिक–अप र ड्रप सेवा

सामसङ नेपालले ल्यायो नि:शुल्क पिक–अप र ड्रप सेवा
सुन्नुहोस्

काठमाडौं : सामसङ नेपालले श्रावण १ गतेदेखि काठमाडौं उपत्यकाभरी वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल-फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ।

मोबाइल लिनका लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्‍याइदिने छन्। हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.