हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने गरी काम गरौं : मन्त्री यादव

हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने गरी काम गरौं : मन्त्री यादव

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले आमनागरिकको घर-घरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए। 

'जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ। यस क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु,' उनले भने।

मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए। 

'जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकासे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ। पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ,' उनले भने, 'यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो। त्यसैले सबै मिलेर काम गरौं, पक्कै सफलता मिल्ने छ।'

त्यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.