रामेछापको सैपु-दिलौरी-धोबी सडकखण्ड पहिरोले अवरुद्ध
काठमाडौं : गएराति अबिरल बर्षासँगै आएको पहिरोले सैपु-दिलौरी-धोबी सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकको १२/१५ स्थानमा ठाउँमा पहिरोले क्षति पुर्याएपछि पूर्णरुपमा अवरुद्ध भएको स्थानीय आनन्द सुनुवारले जानकारी दिए।
पहिरोले सडक अवरुद्ध गरेपछि रामेछाप-ओखलढुंगाबाट मन्थली, काठमाडौं आउने सवारी साधन र यात्रु समस्यामा परेका छन्।
सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले धोवी-सैपु सडक पूर्ण अवरुद्ध भएकोले वैकल्पिक बाटो प्रयोग गरेर सवारीसाधन चलाउन अनुरोध गरे। उनले पहिरोले सडकमा पुर्याएको क्षतिको अध्ययन गरेर सडक सुचारु गराउन पहल थालिएको जानकारी दिए।
‘धोवी-दिलौरी-सैपु सडक पूर्ण अवरुद्ध भएको छ।’ उनले अन्नपूर्ण पोस्ट्ले भने,‘सडक सुचारु गराउन गाउँपालिकामा मैलै भर्खरै जानकारी गराइसकको छु। पालिकाले जेसिबी भाडामा लिएको छ, जेसीबी कता रहेको छ बुझ्ने कार्य भइरहेको छ,जेसीबी लगाएर तत्काल सडक निर्माणको काम अगाडि बढ्छ।’