प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा :  प्रहरी हिरासतमा रहेका एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ ।  तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १:५५ बजे मृत्यु भएको हो । 

साउन १३ गते बिहान ९:४५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । 

उनलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर–७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्‍याइ दिनु भनी पठाएको खुलेको थियो । मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो । 

मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.