पेरिस ओलम्पिक

सरकारले खेलाडी र प्रशिक्षकको मात्रै खर्च बेहोर्ने, आफैँले खर्च बेहोर्नुपर्ने भएपछि पदाधिकारी तनावमा

सरकारले खेलाडी र प्रशिक्षकको मात्रै खर्च बेहोर्ने, आफैँले खर्च बेहोर्नुपर्ने भएपछि पदाधिकारी तनावमा

काठमाडौं : फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन निरासाजनक छ। पौडीका एलेक्जेन्डर शाहले आफ्नो यसअघिको कीर्तिमान भंग गर्नु बाहेक अरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। त्यसैले अहिलेसम्मको प्रदर्शन हेर्दा पेरिस ओलम्पिकमा नेपालको सहभागिता यसअघिजस्तै सहभागितामै सीमित हुने देखिएको छ।

पेरिस ओलम्पिकमा अहिलेसम्म पाँच नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा, टेबुल टेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालको ओलम्पिक यात्रा समाप्त भइसकेको छ। अब ब्याड्मिन्टनका प्रिन्स दाहाल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा गर्न बाँकी छ। प्रिन्सले पनि अघिल्ला दुवै खेलमा पराजय बेहोरिसकेकाले बुधबार हुने खेल औपचारिकता मात्रै हुने देखिन्छ।

पेरिस ओलम्पिकमा ६ खेलका सात खेलाडी सहभागी भए पनि जम्बो अफिसियलसहित नेपाल फ्रान्स पुगेको थियो। नेपाली खेलाडीले निकै कमजोर प्रदर्शन गरिरहँदा ओलम्पिकमा गएका पदाधिकारी भने युरोपका विभिन्न देशको सयरमा मस्त छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पहिलो चरणमा सात खेलाडी, पाँच प्रशिक्षक र अफिसियलसहित २९ जनाको नाम राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृतिका लागि पेस गरिएको थियो। एनओसीले स्वीकृती माग गरिएभन्दा धेरैलाई युरोपको सयरमा लगेको छ। जसमा अधिकांश एनओसीका पदाधिकारी, तिनका आफन्त र नातेदार छन्।

पेरिस ओलम्पिकमा खेलाडीभन्दा पाँच गुणा बढी पदाधिकारी गएपछि सरकारले सात खेलाडी र पाँच प्रशिक्षकको मात्रै खर्च बेहोर्ने निर्णय गरेको छ। विभिन्न ६ खेलका सात खेलाडी र पाँच प्रशिक्षकको मात्रै खर्च बेहोर्ने उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरिसकेको छ। सरकारले खेलाडी मनिता श्रेष्ठ प्रधान, डुवाना लामा, श्यान्टु श्रेष्ठ, सुस्मिता नेपाल, अलेक्जेन्डर शाह, प्रिन्स दाहाल र सन्तोषी श्रेष्ठ तथा प्रशिक्षकतर्फ सुटिङका प्रदीप खाती, टेबुल टेनिसका राजेन्द्र कपाली, पौडीकी नयना शाक्य, जुडोकी देवु थापा र एथलेटिक्सकी कान्तिकुमारी महतोको मात्र खर्च बेहोर्ने जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालयले परिषद्लाई लेखिएको पत्रमा भनिएको छ, ‘खेलाडी र प्रशिक्षकको हकमा स्वीकृति गर्ने, नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षक बाहेक अन्य सहभागीको हकमा नेपाल सरकारको स्रोतबाट पकेट खर्चलगायत अन्य खर्च नबेहोर्ने तथा राष्ट्रिय खेलकुद परिषद्बाट खर्च बेहोर्ने गरी प्रस्तावित सहभागीको हकमा औचित्य पुष्टि नभएको हुँदा स्वीकृति नगर्ने।’

null

राष्ट्रिय खेलकुद परिषद्बाट खर्च बेहोर्ने गरी सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल र प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतको नाम स्वीकृतिका लागि राखेपले मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले प्रस्तावित सबै जनाको औचित्य पुष्टि नभएको भन्दै स्वीकृति नगर्ने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावलीको दफा ६ को उपदफा (३) मा सदस्यसचिवले परिषद्को कामको सिलसिलामा स्वदेशभित्र भ्रमण गर्दा परिषद्को अध्यक्ष र विदेशमा भ्रमण गर्नुपर्ने भएमा मन्त्रिपरिषद्बाट स्वीकृती लिनुपर्ने प्रावधान छ। तर, सदस्यसचिव घिसिङ मन्त्रिपरिषद्को स्वीकृतिबिनै पेरिस उडेकाले खर्च नबेहोर्ने निर्णयमा मन्त्रालय पुगेको जनाइएको छ। यस्तै कुसारीका विषयमा कार्यकारी समितिबाट अनुमोदन नभएको, आर्थिक विभाग प्रमुख पोखरेल यसअघि पनि पटक पटक विदेश भ्रमणमा गएकाले स्वीकृति नगरिएको मन्त्रालयले जनाएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, उनको पाहुना रञ्जना प्रधान, सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उनकी श्रीमती प्रतिभा जोशी, एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ र उनकी श्रीमती बागमती राई, ओलम्पिक कमिटीका अतिथि पृथ्वीबहादुर पाण्डे, ओलम्पिक एटेची चतुरानन्दराज बैद्य, डाक्टर नविसमानसिंह प्रधान, वेलफेयर अफिसर सुजनलाल श्रेष्ठ पेरिस पुगेका थिए। मन्त्री चौधरी भने मंगलबार स्वदेश फर्किसकेका छन्।

यस्तै अफिसियलमा जुडोका अध्यक्ष दीपकहर्ष वज्राचार्य, ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ, टेनिसकी अध्यक्ष ज्योति राणा, कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, एनओसी उपमहासचिव पीताम्बर तिम्सिना, राखेपका आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल, राखेपकै प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेत र खेलकुद पत्रकार निरञ्जन अधिकारी पेरिस जाने सूचीमा छन्। यस बाहेक एनओसीका तेजबहादुर गुरुङ, रतन टन्डन, होम दोङ, रमेश सिवाकोटी, दीर्घबहादुर केसी, गोपालसुन्दरलाल कक्षपती, टासी घले र राजन श्रेष्ठको नाम पनि पेरिस जाने सूचीमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.