कन्सुलर विभाग पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकारलाई स्टन्ट गर्नुपर्ने आवश्यकता छैन

कन्सुलर विभाग पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकारलाई स्टन्ट गर्नुपर्ने आवश्यकता छैन
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन्।

बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएकी हुन्। निरीक्षणका क्रममा उनले सेवाग्राहीसँग कुराकानी गरेकी थिइन्। कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्रहीलाई सहजरूपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन्।

मन्त्री राणाले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ट गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन्। जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो। विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि उनले प्रतिबद्धता जनाएकी थिइन्। 

त्यस्तै मन्त्री राणाले आफूमाथि टीकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायतमा लगाइएका आरोपहरू निराधार रहेको  बताइन्। कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनको गुनासो छ। उनले नियोजितरूपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.