उद्धारमा गएको सेनाको हेलिकोप्टर धानबारीमा आकस्मिक अवतरण

उद्धारमा गएको सेनाको हेलिकोप्टर धानबारीमा आकस्मिक अवतरण
सुन्नुहोस्

डोल्पा : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्बाट एक जना सुरक्षाकर्मीको उद्धार गरिएको छ।

बिहीबारदेखि खुल्न लागेको मोरिम्ला नाका सुरक्षाका लागि सदरमुकाम दुनैबाट गएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नरबहादुर बिसीको डोल्पोबुद्ध गाउँपालिका वडा नं ६ फालबाट उद्धार गरिएको हो।

एक साताअघि सीमा सुरक्षाका लागि उपल्लो डोल्पा गएका बिसी लेक लागेर बिरामी परेपछि तत्काल सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको शसस्त्र प्रहरी नायब उपरीक्षक भुवन अर्यालले जानकारी दिए।

सुर्खेत घर भएका बिसीलाई लेक लागेर स्वासप्रस्वासमा समस्या आउनु साथै खकारबाट रगतदेखिको सशस्त्र प्रहरीले जनाएको छ। आज बिहान बिरामी बिसीलाई उद्धार गरेर ल्याउँदैगर्दा हेलिकोप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेसी नगरपालिकास्थित धानबारीमा आकस्मिक अवतरण गरेको अर्यालले बताए।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार आकश्मिक अवतरण गरेको ठाउँबाट बिसीलाई गाडीमा कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। छ वर्षपछि पहिलो पटक बिहीबारबाट चिनियाँ नाका खुल्ने भएपछि सर्वसाधारण, व्यापारी तथा सुरक्षाकर्मीहरू उपल्लो डोल्पा पुगेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.