'अशान्ति कतै छैन, सबैतिर शान्ति छ'

कसैलाई जोगाउन प्रहरीको दुरुपयोग गर्दिनँ र हुन पनि दिन्न : गृहमन्त्री


काठमाडौं : गृहमन्त्री रमेश लेखकले कसैलाई जोगाउन प्रहरी प्रशासनको दुरुपयोग नगर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरी प्रशासनको दुरुपयोग नगर्ने बताएका हुन्।

'कसैलाई जोगाउन वा नजोगाउन प्रहरी प्रशासनको दुरुपयोग गर्दिनँ र हुन पनि दिन्न। माननीयहरूलाई यो कुरामा म प्रतिबद्धता जनाउन चाहन्छु,' उनले भने। प्रहरी संगठनमात्र नभएर राज्यको कुनै पनि अंग प्रत्यंगको दुरुपयोग हुन नदिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाएका थिए।

त्यस्तै उनले सरुवा बढुवा सामान्य कुरा भएको बताए। 'सरकारी कर्मचारीहरूको सरुवा बढुवा हुन्छ। यसलाई सामान्यरूपमा लिनुपर्छ,' उनले भने। उनले सचिव र न्यायाधीश सरुवाको उदाहरण दिँदै मापदण्डअनुसार सरुवा हुने बताए। 'अस्ती सचिवको सरुवा भएकै हो। हिजो ९१ जना श्रीमानको पनि सरुवा भएको हो। सरुवाको मापदण्ड छ। त्यहीअनुसार सरुवा हुन्छ। धेरै राजनीति भयो भने त्यहाँ प्रश्न उठाउन सकिन्छ,' उनले भने।

त्यस्तै मन्त्री लेखकले देशमा सबैतिर शान्ति भएको बताए 'शान्ति सुरक्षाका लागि सबै प्रयत्न गरिरहेका छौं। अहिले अवस्था बिग्रिसकेको पनि छैन। सबैतिर शान्त नै छ। उद्योग, कलकारखानालगायत दैनिकी सञ्चालनमा प्रतिकूल प्रभाव पारेको छैन। सानातिना घटना भएका छन्। त्यसलाई समयमै समाधान गर्ने काम सरकारले गरिरहेको छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.