डडेल्धुरा-डोटी राजमार्ग अवरुद्ध
डडेल्धुरा : बुधबार बेलुका पहिरो जाँदा डडेल्धुरा-डोटी राजमार्ग अवरुद्ध भएको छ। डडेल्धुरा-डोटी राजमार्गअन्तर्गत केआइसिंह राजमार्गको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
वर्षाका कारण डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप्रका डडेल्धुराले एक सूचना जारी गरेर सडक अवरुद्ध भएको जानकारी दिएको छ।
गन्यापधुरा गाउँपालिका-२ रडुवाखोला र ३ को पुलाउ खोला, खडाखोला लगायत ५ ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधनहरू बीच बाटोमा रोकिएका छन्।