धनपालमा १५ शय्याको अस्पताल बन्ने

धनपालमा १५ शय्याको अस्पताल बन्ने
सुन्नुहोस्

विरारटनगर : सामान्य उपचारका लागि विराटनगर र रंगेली जानुपर्ने बाध्यताले आजिज बनेका धनपालथानबासीले अब स्थानीयस्तरमै सेवासुविधायुक्त उपचार पाउने भएका छन्।

स्थानीय स्तरमा अस्पताल नहुँदा सामान्य उपचारका लागि विराटनगर र रंगेली जानुपर्ने बाध्यताले आजित बनेका स्थानीयबासीको चाहनाअनुसार अस्पताल निर्माण हुन थालेपछि भोग्दै आएको समस्या समाधान हुन लागेको हो ।
   

मोरङको धनपालथान-५ स्थित बवियाटोलमा पालिकास्तरीय अस्पताल बन्ने भएको हो। चालु आर्थिक वर्षमा १५ शय्याको अस्पताल बनाउन तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटको सुश्चिता गरिदिएपछि अस्पताल बन्ने भएको हो। अस्पताल बन्ने भएपछी स्थानीय खुसी छन्।
 
दैनिक मजदुरी गरेर जीविकोउपार्जन गर्नेहरूले अस्पताल निर्माण हुन थालेपछि आफूहरूले भोग्दै आएको उपचारको सास्ती हटेर जाने बताएका छन्। केही वर्षअघि नै अस्पताल बनाउन गाउँपालिकाले निर्णय गरेको थियो। तर, बजेटको सुनिश्चता नभएकाले सवै प्रक्रिया पूरा भए पनि अस्पताल निर्माणको काम सुरु हुन सकेको थिएन। यस वर्षको बजेटमा ६ करोड ५० लाख बजेट बिनयोजन भएको छ। वडाध्यक्ष गयाननद सरदारको बिशेष पहलमा यस वर्ष बजेट सुनिश्चित भएपछि काम सुरु भएको हो। तीन वर्षमा सम्पन हुनेगरी अस्पताल निर्माणको काम सुरु भएको वडाध्यक्ष सरदारले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.