फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालका लागि समाधान गर्छु : शहरी विकास मन्त्री

फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालका लागि समाधान गर्छु : शहरी विकास मन्त्री

काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले फोहोर व्यवस्थापनमा पटक-पटक समस्या आउँदा संक्रमण फैलिने त्रास उत्पन्न हुने भन्दै यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने बताए।

उनले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताए। स्मार्ट सिटी, सडक बत्तिको महसुल, बागमतीलगायतको विषयमा उनले ध्यानाकर्षण समेत गराएका थिए।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरी काम भइरहेको बताए।

भेटमा मेयर्स फोरमले वर्षौंदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो। सो क्रममा उपप्रधानमन्त्री सिंहले उक्त समस्या छिटै समाधान हुने बताए।

त्यस्तै मेयर्स फोरमले सडक बत्तिको बिल विद्युत् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उपप्रधानमन्त्री सिंहले सडक बत्तिको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए। काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.