घण्टाकर्णदेखि गठेमंगलसम्म

घण्टाकर्णदेखि गठेमंगलसम्म
फाइल तस्बिर।

यसपालिको घण्टाकर्ण चतुर्दशी भनौं गठेमंगल पर्व यही साउन १८ गते शुक्रबार परेको छ। श्रावण कृष्ण चतुर्दशीको यो पर्व अचम्मको छ, काठमाडौंका नेवार जातिले यसलाई गथामुँगः भन्छन्, चः र्हे पूजा पनि भन्छन्। खासगरी यस दिन शिवपुत्र कुमार कार्तिकेय र भैरवको पूजा हुन्छ। नेवार समुदायमा वर्षकै ठूलो चाडको रूपमा हेरिन्छ। यो चाड राम्ररी मनाउन पाए अन्य चाड पनि राम्ररी मनाउन सकिने विश्वास गरिन्छ।

यस दिन टोलटोल र दोबाटाहरूमा तीनवटा नर्कट उभ्याइन्छ। नाङ्लोमा अनुहार बनाएर, हाँडीको टाउको राखेर, अद्भुत चित्रहरू बनाई, कपडाका पुतलीहरूले सजाई घण्टाकर्णको प्रतीक बनाइन्छ। भूत–प्रेत, पिशाचको प्रतीकको रूपमा तान्त्रिक विधिबाट त्यसलाई विर्सजन गरिन्छ। राक्षसको प्रतीक मानी अबदेखि घर, आँगन, बस्ती खेतीपातीमा दुःख नदेओस् भन्ने मनशायले खेद्ने पनि गरिन्छ।

यो पर्वको सुरुआतको सन्दर्भ जोडौं। धेरै पहिले काठमाडौंमा एक राक्षस रहेछ। उसलाई धर्मकर्म पटक्कै मन नपर्ने रहेछ। विधर्मी उसबाट धेरैको सातो नै गएछ। मठमन्दिर, सत्सङ्गको चर्चा गर्नेलाई उसले मारिदिन्थ्यो रे। धर्म–कर्मको कुरा सुन्दा उसका कान टट्याउने हुँदा कानले त्यो सुन्न नपरोस् भनी बोक्नै नसक्ने गरुँगो भारी उसका कानमा राख्दो रहेछ। कर्ण अर्थात् कानमा घण्टा झुन्ड्याएकाले उसको नाम घण्टाकर्ण भएछ। मानिसलाई दुःख दिने, देवमन्दिर भत्काउने सुनभन्दा फलामको प्यारो, साधु, सन्त देख्नासाथ सिध्याइहाल्ने, दोबाटोमा बाटो ढुक्ने, बाटोमा बसेर कर, जगात उठाउने, नदिए धरपकड गर्ने नरभक्षी र स्त्रीहरूको बेइज्जत गर्ने आदि जस्ता आतंक नै सिर्जना गर्ने गर्दोरहेछ उसले !

एक दिन त उसलाई भोकलाग्दा केही भेटेनछ, नजिक एउटा भ्यागुतो देखेछ। सोधेछ– ‘मानिसको बस्ती कतातिर छ ?’ भनेर। उसको खराब व्यवहार बुझेको भ्यागुतोले हिलोतिर देखाउँदै ‘त्यतै छ मानव बस्ती’ भनिदिँदा आहार खोज्दै गएको त्यो राक्षस ठूलो शरीर हुनाले हिलो धापमा फसेछ। भोक–प्यासले थकित त्यो राक्षसलाई मानिसले देखेर ढुंगामुढा गर्दै मारिदिएछन्। धेरै दिनसम्म त्यसको सिनोले टोल गल्ली गन्हाउने भएपछि लास झिकेर बिसर्जन गरिदिएछन्। यसैको सम्झनास्वरूप खुसीयालीमा घण्टाकर्ण पर्व मान्न थालिएछ।

हिजोआज पनि यस दिन बाटो, चौबाटोमा केटाकेटीसमेत हरियो नर्कट, निगालो, भए गहुँको छ्वाली मिसाएर तीन खुट्टाको राक्षस बनाएर उभ्याइराख्ने र हिँड्ने यात्रु, सवारी साधनहरूबाट केही भए पनि दिनुस् भन्दै माग्ने गर्छन्। त्यो घण्टासुरलाई दमन गर्न पैसा मागेर हैरान पनि पार्छन्। यतिसम्म कि घण्टाकर्णको काजकिरिया गर्न खर्चको जोहो गर्नुपर्छ भन्न पनि पछि पर्दैनन्। काठमाडौंका किसानहरू त रातमा पुतलाको मुखमा आगो लगाउने गर्थे रे ! हिजोआज त काठमाडौंका उब्जनी हुने खेतमा सिमेन्टका रुखहरू धेरै भएकाले त्यो समस्या छैन र पहिलेको जस्तो परम्परा धान्ने चलन पनि छैन। टँुडी भन्ने राक्षसलाई चौरभित्र हालेपछि बाहिर आउन नदिने गरी घोडाको टापले थिच्ने अनौंठो चलन टुँडिखेलमा अहिलेसम्म घोडेजात्राको प्रथा भएकाले यी तथ्यमा विश्वास गर्ने आधार छन्।

काठमाडौंमै घोडेजात्राको अघिल्लो दिन शिवजीलाई लुकुमाद्यौ भनेर रछ्यानमा बसेका रुद्रलाई लुकेर बसेका देवता भन्दै पूजा गर्ने चलन छ, पिशाच चतुर्दशीका दिन ! एकपटक पार्वती रिसाउँदा ‘हेर बूढा तिमीले मासु, रक्सी पनि खाने दिन आउँला नि’ भनेर सरापेकीले महादेवलाई वर्षमा एक दिन यस्तो हुनु परेको हो। रुद्रयामल तन्त्र हेर्दा यसबारे थप चर्चा भएको पाइन्छ। देवभूमि, स्वर्गभूमि, तपोभूमि सात्विक भूमि, वेद भूमि नेपालको खेदो खन्ने विधर्मीहरू पहिले पनि नभएका होइनन्।

देशलाई रसातल पु¥याउन तल्लीन ती विधर्मीहरूले गठेमंगल नामको राक्षसको रूप लिएर आतंक मच्चाउन थालेछन्। उसलाई सिध्याउन कसैले नसक्दा एक जना तान्त्रिक गुरुले भ्यागुतोको रूपमा आपूmलाई प्रस्तुत गर्दै श्रावण कृष्ण चतुर्दशीका दिन त्यसलाई यमलोक पु¥याइदिएछन्। यसैको खुसीयालीमा यो उत्सव मनाउन थालिएको चर्चा भेटिन्छ। शमसुद्दीनले पशुपतिनाथमा आक्रमण गरेको र उसको दशा त इतिहासमा भेटिन्छ नै।

काठमाडौं उपत्यका ४ गणेश, ४ योगिनी, ४ नारायण, पाँचौं नारायण श्रीबूढानीलकण्ठबाट संरक्षित छ। उत्तर पूर्वमा वज्रयोगिनी, दक्षिण–पश्चिमा खड्ग योगिनी भनौं दक्षिणकाली उत्तरमा शिवपुरी, पूर्वमा चाँगुनारायण दक्षिणमा विशंखु, गुप्तेश्वर शिव, गोदावरी र बीचमा पशुपतिनाथ विराजमान हुनुहुन्छ। तप गर्दै यहाँको जल कटाई बस्ती बसाएको क्षेत्र काष्ठमण्डप नगरी र रमणीय उपत्यका कसैको निजी पेवा होइन, यहाँ सबै अटाएका छन्। लोटा लिएर यहाँ पस्नेहरू शिव कृपाले खर्बपति भएका छन्। बागमतीको शुद्ध जल पिउने मानिस तुरुन्तै काव्यकार, लेखक, सर्जक हुन्छ।

अघि राजा गुणकामदेवले कान्तिपुर नगरको स्थापना गर्दा तन्त्र विधिअनुसार अष्टमातृकाको स्थापना, ४ योगिनी, ३२ टोलको स्थापना गरेका थिए। अर्का तान्त्रिकले कामरु कामाख्यबाट भद्रकालीलाई ल्याएर टुँडिखेलमा बसाएका थिए, बौद्ध परम्पराका बौद्धनाथ, स्वयम्भू तीर्थ, अशोकपुत्री चारुमतीको चाबहिल विहार वर्णन सबै गर्दा हजारौं पृष्ठको पुस्तक तयार हुन सक्छ। विस्तृत हेर्नु पर्दा नेपाल महात्म्य, स्कन्द पुराण छ, हिजो आज मेरो मात्रै हो यो देश भन्नेहरू पनि देखिएका छन्। लुछाचुँडी गर्दैछन्, पुर्खालाई सत्तोश्राप गर्दैछन्। भूमि नै नभए कहाँ रजाइँ गर्ने हो ? स्वदेशभित्रका सबै र विदेशीसमेतलाई यही ठाउँ चाहिएको छ।

एकछिन पुराणकै चर्चा गरौं, पुरानो सबै कुरा खराब हुन्न तर हामीलाई श्रीखण्ड र खुर्पाको बिँड छुट्याउनै आउँदैन। शिव पुराणमा प्रवेश गर्दा कीर्तिमुख गणका प्रमुख घण्टाकर्णलाई श्रीशिव पुत्र मानिएको भेटिन्छ। मोटो शरीर सधैं बाबुलाई ‘भोक लाग्यो’ भन्दा श्रीशिव रिसाई ‘आफ्नै मासु खा’ भनिदिँदा घण्टाकर्णले आफ्नै मासु खाँदा टाउकोबाहेक सबै खाइसकेछन्। आफ्नो आदेशलाई निर्धक्क पालना गरेको देखेर खुसी भई शिवले ‘मेरोभन्दा उँचो ठाउँमा तेरो बास होस्, मेरोभन्दा अगाडि नै पूजा होस्’ भन्ने वरदान दिए।

त्यसपछि अहिलेसम्म भारतको दक्षिण सीमा स्वामी विवेकानन्दको शालिक नजिकै समुद्रतटमा रहेको कन्याकुमारी मन्दिर एवं संसारकै धनी देवता तिरुपति बालाजीमा श्रीशिवपूजन गर्नुअघि भैरवलाई पूजा गर्ने चलन छ। गोपालराज वंशावली हेर्दा गठेमंगललाई सŒव, रज र तम अर्थात् तीन गुणले युक्त भैरव भनी चर्चा भएको पाइन्छ। घण्टाकर्ण श्रीशिवकै प्रतीक हो, उनलाई नाट्येश्वर पनि भनिन्छ। अद्र्ध नारीश्वर पनि भनिने हुँदा नर्कटको गठेमंगल बनाउँदा एकातिर पुरुष र अर्कोतिर स्त्री आकारको चित्र बनाइन्छ।

पशुपतिनाथको दक्षिण पूर्वमा कीर्तिभैरवको टाउको मात्र देखिन्छ, हरेक पूर्णिमामा पशुपतिनाथलाई महाभोग लगाउँदा कीर्तिभैरवलाई पञ्चवली दिने चलन छ, रगतको आहालै देखन्छ त्यहाँ ! पशुपतिनाथले आफूले महाभोग लिनुअघि मासु मनपर्ने भैरवलाई ‘मासुको भोग दिनू’ भनिएअनुसार यसो गरिएको हो। भैरवको उन्मक्त रूप पनि श्रीशिवकै रौद्र रूप हो। पशुपतिनाथकै दक्षिण परिसरमा उन्मक्त भैरवको मूर्ति नाङ्गो रूपमा देखिन्छ। जीवनमा कान्ति चाहनेले खासगरी नवदम्पतीले घण्टाकर्णको दर्शन गरे इच्छा सिद्धि हुन्छ भनिएअनुसार घण्टाकर्णको दर्शन गर्ने र नसके उन्मक्त भैरवको दर्शन, पूजा गर्ने चलन छ।

यसो गर्दा रोग र शत्रु भय नहुने विश्वास छ। काठमाडौंको हनुमान ढोकामा कालभैरवको विशाल मूर्ति छ भने टुँडिखेल परिसरमै महाकाल रूप मन्दिरसहित महाकालस्थान रहेको छ। त्यस्तै, इन्द्रचोकको आकाश भैरव, ज्ञानेश्वरको आनन्द भैरव, लगनखेलका बटुक भैरव, पाल्पा तानसेन डाँडामा रहेका रोठ खाने भैरव देशका प्रसिद्ध भैरवहरू हुन्, जहाँ भक्तहरूले हरेक दिनजसो दर्शन पूजा गर्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.