पर्यटक लोभ्याउने गंगा सरोवर ताल
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क -६ नरपानीमा रहेको गंगा सरोवर तालको दृष्यले अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ। कुनै समय सुनसान रहने गरेको उक्त ताल अहिले दैनिकजसो आन्तरिक पर्यटक भ्रमणका लागि आउने गरेका छन्। यस तालले पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको स्थानीयहरू बताउँछन्।
वरिपरि घना जंगलले घेरिएको यो ताल पर्यटकहरूको रोजाइँमा परेको छ। यहाँ विशेषगरी शनिबार र बिदाका दिनमा घुमफिर गर्न आउनेहरूको चहलपहल हुन्छ।