उद्योगमन्त्री भण्डारीको आग्रह : विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर संसदमा पठाऔं


काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयकका सन्दर्भमा संशोधनकर्ता सांसदसँग छलफल गरेको हो । 

सो क्रममा उनीहरूले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रुपमा निर्यात गर्न सक्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्युतीयमाध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगिलाई नियन्त्रण गर्न विधेयक निकै महत्वपूर्ण हुने बताएका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरे। उनले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरूले दिएका जायज सुझावहरूलाई विधेयकमा समेट्ने प्रतिवद्धता जनाए।

सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न उक्त विधेयक ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.