भैरहवा भन्सारमा ठूलो परिमाणमा चिनी बरामद

भैरहवा भन्सारमा ठूलो परिमाणमा चिनी बरामद

भैरहवा  : भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आंशकामा ठूलो परिमाणमा चिनी बरामद गरेको छ। साथै, चिनी लोड गरिएको एउटा ट्रक समेत नियन्त्रणमा लिएको छ। 

शुक्रबार सिद्धार्थनगर नगरपालिका–४ बाट लु २ ख २८८२ नम्बरको ट्रकमा करिब ५ लाख मूल्य बराबरको १ सय ६२ बोरा चिनी लोड गरी लैजान लागेको अवस्थामा चिनीसहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए। एउटा बोरामा ५० किलो चिनी रहेकोले बरामद चिनी आठ हजार एक सय किलो छ। कार्यालयको टोली पुगे लगत्तै ट्रक चालक साँचोसहित फरार भएको उनले बताए।

तस्करहरूले दैनिक थोरै परिमाणमा भन्सार छलेर भैरहवा बजारमा चिनी ल्याएर डम्प गर्ने र परिमाण धेरै भएपछि ट्रक मार्फत मुलुकको विभिन्न स्थानमा पठाउने गर्ने गर्छन्। सो कार्य गरिरहेको आशंकामा भन्सारले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको उक्त ट्रकमा महोत्तरी जिल्लाको एक सुगरमिलको नाम लिखित एक सय खाली बोरा, तौल मेसिन समेत बरामद भएको प्रमुख गौतमले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.