बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण
नवनियुक्त प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा । तस्बिर : अन्नपूर्ण

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन् । गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा,बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक,मन्त्रीलगायतकाको उपस्थिति रहेको थियो । 

शुक्रबारै निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माको बिदाइ गरिएको छ । नवनियुक्तत प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर बिदाइ गरेका हुन् । नेकपा एकीकृत समाजवादीको कोटाबाट प्रदेश प्रमुख बनेका शर्माले करिब तीन वर्ष कार्यभार सम्हालेका थिए । देवकोटा नेकपा एमालेको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.