बयान फेरेको आरोपमा साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा

बयान फेरेको आरोपमा साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुईजना साक्षीविरुद्ध मुद्दा दायर  गरेको छ। अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

घुस मुद्दामा अदालतमा साक्षीका रुपमा पेश गरिएका उनीहरूले बयान फेरेपछि अख्तियारले मु्द्दा दायर  गरेको हो।

तिवारी र पौडेलले आयोगमा अनुसन्धान अधिकृतसमक्ष  गरेको बयान कागजको प्रतिकूल हुनेगरी बकपत्र गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निजहरूले अदालतमा बयान फेरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन्।

आयोगले पोखरा महानगरपालिकाका दुईजना इन्जिनियरसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  महानगरको नक्सा शाखामा कार्यरत सब इन्जिनियर उषा किरण रोकाया,इन्जिनियर शिवप्रसाद बराल र  सुरज कुँवरविरुद्ध मुद्दा दायर गरेको थियो।

केही दिनअघि उनीहरूलाई ३ लाख  ५० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। सोही मुद्दामा संलग्न तिवारी र पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो। तर , उनीहरूले विशेष अदालतमा वकपत्रका क्रममा उल्टो वकपत्र दिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ।

तिवारी र पौडेलविरुद्ध  ३ लाख ५० हजार बिगो जरिवाना गरी बिगोसमेत जफत गर्न  मागदावी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। प्रतिवादी बराल,रोकाया र कुँवरलाई सेवाग्राहीबाट ३ लाख ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.