सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएको छु : अर्थमन्त्री

सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएको छु : अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिइएको बताए।

उनले सेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको बताए। उनले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए। अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताए। 

त्यस्तै बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले सेयर बजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले कमजोर कम्पनीको सेयर ह्वात्तै बढ्दा चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरे। राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.