'मार्ग प्रशस्त गर्छु' भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

'मार्ग प्रशस्त गर्छु' भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।

'विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,' सम्बोधनका क्रममा उनले भने।

गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज प्रदेशसभालाई सम्बोधन गर्दै मत विभाजनमा नगइ राजीनामा दिने घोषणा गरेका हुन्।

सुदूरपश्चिममा अब कांग्रेस नेतृत्वको सरकार बन्नेछ। त्यसका लागि कांग्रेसका नेताहरू मुख्यमन्त्री बन्न काठमाडौंमा दौडधूप गरिरहेका छन्। कांग्रेसले अझैसम्म मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.