टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानमा टिपरको ठक्करबाट शुक्रबार दिउँसो एक जना वृद्धको मृत्यु भएको छ। मृतकका छोरा घाइते भएका छन्। 

प्रहरीका अनुसार सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल दिउँसो ४ः४५ बजेतिर ठोक्किएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बसले अचानक ब्रेक लगाउँदा ठोक्किएको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो। 

ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएको उनले बताए। बस्नेतका अनुसार गम्भीर अवस्थाका रामबहादुरलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

घाइते रामबहादुरको टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। दुर्घटनामा परेर घाइते भएका मृतकका छोरा रञ्जितको नोबेल अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम छ।
 
दुर्घटनालगत्तै घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई नियन्त्रणमका लिएको छ। टिपर चालक फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.