३६ घण्टामा ड्रोनले भेट्टायो बाघ

३६ घण्टामा ड्रोनले भेट्टायो बाघ
कञ्चनपुरको दोधारा चादनी २ स्थित उखुबारीबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिँदै निकुञ्ज टोली ।

महेन्द्रनगर : बुधबार दोधारा चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा बाघ देखियो। बाघ देखिएपछि स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरे। लगत्तै निकुञ्जको टोली दोधारा चाँदनी पुग्यो। ड्रोनबाट बाघ भएको स्थान पहिचान गर्ने प्रयास गरे पनि सफल भएन। बिहीबार बिहानै पुनः निकुञ्जको टोली बाघ देखिएको स्थानमा पुग्यो। 

 बिहीबार बिहानैदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐर ड्रोनबाट बाघको पहिचान गरिरहेका थिए। ‘हामी ड्रोन उडाएर बाघ खोज्दै थियौं, करिब पाँच सय मिटर पर अर्कोतर्फ गएर महिलामाथि बाघले आक्रमण गरेछ’, उनले भने, ‘ड्रोनबाट बाघ भएको स्थान पहिचान गर्दागर्दै चिच्याएको आवाज आयो।’ निकुञ्जको टोली बुधबारदेखि नै उक्त क्षेत्रमा पुगेर बाघको पहिचान गरिरहेको थियो। 

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ की हीरादेवी शाहको बाघको आक्रमणमा परी मृत्यु भयो। २६ वर्षीया शाह बिहीबार घर नजिकै धान खेतमा घाँस काट्न गएकी थिइन्। प्रत्यक्षदर्शीहरूका अनुसार हीरादेवीलाई नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेको थियो। उनलाई  घिसार्दै उखुबारीभित्र बाघ पसेको थियो। नजिकै रहेका अरू महिलाले होहल्ला गरेका थिए। हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मीसहितको टोलीले खोज्दै जाँदा उखुबारीभित्र शाहलाई मृत अवस्थामा फेला पारेका थिए। 

त्यसपछि उखुबारीभित्र रहेको बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट डार्ट गर्ने प्राविधिक टोलीलाई बोलाइएको थियो। लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चार वटा हात्तीसहित प्राविधिक टोली बाघ नियन्त्रणमा खटिएको थियोे। तर बाघलाई नियन्त्रणमा लिन सकिएन। 

‘दिनमा बाघ नियन्त्रणमा आउन नसकेपछि बाघलाई रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले पहरा दिए’, संरक्षण अधिकृत ऐरले भने, ‘हामी त रातभर सुत्न पाएनौं। बिहानैदेखि पुनः नियन्त्रणमा लिने प्रयास ग¥यांै। करिब ९ः३० बजेतिर डार्ट गर्न सफल भयांै।’ शुक्रबार नियन्त्रणमा लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ। 

मृतक हीराको तीन वर्षअघि मात्रै विवाह भएको थियो। उनको डेढ वर्षको छोरा छ। श्रीमान् कामको सिलसिलामा भारतको हिमाञ्चलमा थिए। आमाको मृत्यु भएपछि डेढ वर्षको छोरा बिचल्लीमा परेको छ। ‘शुक्रबार श्रीमान् आएपछि अन्त्येष्टि गरिएको छ’, वडा–२ का अध्यक्ष पदमसिंह रावलले भने, ‘डेढ वर्षको बालक आमा खोज्दै रोइरहेको छ।’ 

उनले नगरपालिकाबाट तत्कालका लागि रु. ५० हजार राहत उपलब्ध गराएको र अन्य क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढेको बताए। 

कञ्चनपुरमा छैन डार्ट गर्ने सुविधा

शुक्लाफाँटासँग डार्ट गर्ने प्राविधिक सामग्री उपलब्ध नहुँदा बर्दियाबाट टोली बोलाउनु प¥यो। बाघलाई ‘डार्ट’ (औषधियुक्त सुई प्रहार) सहित नियन्त्रणमा लिने विशेषज्ञसहितको प्राविधिक टोली बर्दिया राष्ट्रिय निकुञ्जबाट बोलाइने गरेको छ।

३६ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा कुनै घटना घटे डार्टका लागि बर्दिया राष्ट्रिय निकुञ्जको भर पर्नु परेको छ। मानव वन्यजन्तु द्वन्द्व बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै डार्ट गर्ने प्राविधिक टोली हुनुपर्ने स्थानीयको माग छ।

 ‘पछिल्लो समय यहाँ बाघको आक्रमण बढिरहेको छ। केही दिनअघि मात्रै बाघको आक्रमणमा परी शुक्लाफाँटामा महिला घाइते भइन्’, स्थानीय नरेश जोशीले भने, ‘डार्ट गर्न बर्दियाको मुख ताक्नुपर्ने अवस्था राम्रो होइन। यसको व्यवस्थापन निकुञ्ज कार्यालयले गर्नुपर्छ।’ उनले मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए।  

शुक्रबार नियन्त्रणमा लिएको बाघ पनि बर्दिया पठाउनु परेको छ। शुक्लाफाँटामा वन्यजन्तु उद्धार केन्द्र नहुँदा बाघलाई अन्यत्र स्थानमा पठाउनु परेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले शुक्लाफाँटामै वन्यजन्तु उद्धार केन्द्र निर्माणकार्य अघि बढेको बताए। ‘डार्ट गर्न जनशक्तिभन्दा पनि जनावरलाई बेहोस् बनाउने औषधि मगाउनु महŒवपूर्ण कुरा हो’, उनले भने, ‘यहाँ पनि बाघको संख्या बढेपछि हामीले पनि पूर्वतयारीका लागि राख्ने पहल गरिरहेका छौं।’ उनले डार्ट गर्ने जनशक्ति उपलब्ध भए पनि अन्य उपकरणहरू जुटाउने प्रयास भइरहेको बताए। 

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाले वन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ। विभिन्न कारणले बिरामी भएका तथा नियन्त्रणमा लिएर केही समय निगरानीमा राख्नुपर्ने जनावरलाई राख्न वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य अगाडि बढाएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यक्रम प्रमुख लक्ष्मी जोशीले बताए। ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा उद्धार केन्द्र निमार्णको काम अघि बढेको छ’, उनले भने, ‘हामीसँग डार्ट गर्ने प्राविधिक जनशक्ति छ। एउटा सानो उपकरण नहुँदा समस्या भएको हो। त्यो पनि एक÷दुई दिनभित्रै पुग्दैछ।’ केही समय अघिदेखि कञ्चनपुरमा पाटेबाघ बस्तीमा आउने क्रम बढेको छ। गत सातामात्रै शुक्लाफाँटा नगरपालिकामा घरनजिकै गाईलाई घाँस हाल्ने क्रममा बाघले एक महिलालाई आक्रमण गरेर घाइते बनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.