दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता
दाङ : दाङमा खोलाले यात्रु बोकेको अटो बगाएको छ। मानिससहित र अटो बगाउँदा कम्तिमा ३ जना बेपत्ता भएका छन। तुलसीपुर उपमहानगरपालिका -४ मा रहेको बेतनी खोला र ७मा रहेको रानीघाट खोला (कालाखोला)ले दुई वटा अटो बगाएको हो।
शुक्रबार परेको अविरल वर्षाका कारण आएको खोलाले यात्रु बोकेको अटो बगाउँदा अटोमा सरवारकेसह मानिक खोलामा बेपत्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका -४ बेतनी खोलाले तुलसीपुरबाट खाद्रे जादै गरेको रा १ ह ४०५५न.को (५ जना सवार अटो)लाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बगाएको अटो र त्यसमा सवारको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए। खोजी कार्यमा १० जना सुरक्षाकर्मी परिचालन भएका छन।
खाद्रे बस्ने छबिलाल आले को श्रीमती ५५ वर्षीया सिता आले र सुर्खेत घर भइ हाल खाद्रे बस्ने १७ वर्षीया मन्जु खड्कासहित बेपत्ता भएको र अन्य चालकसहित ३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
यसै गरेर तुलसीपुर घोराही सडक खण्डको कालाखोला (रानीघाट खोलाले पर्सेनी बाट तुलरीपुर आउदै गरेको अटो बगाएको छ। अटो र त्यसकम सवार सबै जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। अटो नम्बर भने खुल्न सकेको छैन।