डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु

भरुवा बन्दुकसहित २ सिकारी पक्राउ

डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु
फाइल तस्बिर।

डोटी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ। घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर ज्यान गएको थियो।

उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित गएराती नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका- ८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउद रहेका छन्।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार रामबहादुर साउदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको बाँकी विवरण आउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.